मौन अवधिमा बैठक गरेकोबारे निर्वाचन आयोगद्वारा मोरङ प्रजिअसँग प्रतिवेदन माग

विराटनगर- राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु भईसकेको अवस्थामा निर्वाचन आचारसंहिता विपरित दुईवटा बैठक गरेकोबारे निर्वाचन आयोगले मोरङका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्न २४ घण्टे निर्देशन जारी गरेकेा छ ।

मौन अवधिको समयमा दलहरुले प्रचार प्रसार, छलफल, अन्तकृया, सभा सम्मेलन गर्न नमिल्ने आचारसंहितामा स्पष्ट उल्लेख भएपनि विभिन्न राजनैतिक दलहरुले भेला, बैठक गरेको बारे निर्वाचन आयोगले प्रमुख जिल्ला अधिकारीसँग प्रतिवेदन माग गरेको हो ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको र एमाले राप्रपा गठबन्धनले विराटनगरको एक होटलमा भेला गरेकोबारे संचार माध्यममा समाचार आएको थियो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.