कानुनको पालना गर्न लगाउन पूर्व न्यायाधीशहरुको भूमिका महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु सबैको दायित्व भएको बताउनु भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले कानुन कार्यान्वयनमा राज्यका सबै अंग र सरोकारवालाहरु उत्तिकै जिम्मेवार रहेको बताउनुभएको हो ।

पूर्व न्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको सद्‍भाव बिगार्न र राम्रो कामलाई पनि नराम्रो भनी प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानुनको पालना गर्न लगाउन पूर्व न्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताउनुभयो ।

पूर्व न्यायाधीशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएको बारे निगरानी गरिरहनु पर्नेमा जोड दिनुभयो । राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालमा व्यक्त धारणाका आधारमा मात्र निर्णय गर्न नहुने बताउनुभयो ।

त्यसबखत् पूर्व न्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.