१९ जना राष्ट्रिय सभा सदस्यका लागि देशभर मतदान सम्पन्न

काठमाडौँ- राष्ट्रिय सभाको सदस्यका लागि भएको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
कोशी प्रदेशमा २ सदस्यका लागि भएको निर्वाचनमा २ पालिकाका प्रमुख बाहेक सवैले मतदान गर्नु भएको छ ।
२ सय ७३ पालिका पदाधिकारी मध्ये २ सय ७१ जनाले मतदान गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी प्रदेश सभाका ९३ सदस्यले मतदान गर्नु भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको मधेश प्रदेशको मतदान मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
३ सय ७४ मध्ये ३ सय ७३ जनाले मतदानमा भाग लिनु भएको निर्वाचन अधिकृत चित्र बहादुर गुरुङले जानकारी दिनु भएको छ । फरार रहनु भएका लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मा बाहेक सवैको मत खरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मधेश प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि हुने निर्वाचनमा ५ जनाले उम्मेदवारी दिनु भएको छ ।
बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बागमती प्रदेशबाट ४ सदस्यका लागि भएको निर्वाचनमा मत ३ सय ४२ मत खसेको बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सन्जेलले बताउनु भयो ।
प्रदेश सभाका १ सय ८ सदस्य र स्थानीय तहका २ सय ३४ प्रमुख र उप प्रमुखहरू जनाले मतदान गर्नु भएको छ । बागमतीमा कुल ३ सय ४७ मतदाता रहेकोमा ५ जना अनुस्पथित रहेको निर्वाचन अधिकृत सन्जेलले बताउनु भयो ।
केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गरिने सुरु गरिने उहाँले बताउनुभयो ।
बागमती प्रदेशबाट ६ राजनीतिक दलका १५ जना उम्मेदवार रहेका छन् । सबैभन्दा बढी मतभार ल्याउने ४ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचत हुने व्यवस्था छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यकाे मतदान सम्पन्न भएको छ । बिहान ९ बजे देखि सुरुभएको मतदान दिउसाे २ बजे सकिएको हाे । राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशका ८७ जना सासदले मतदान गर्नु भएको छ । यस्तै १०९ स्थानीय तहका २ सय १८ मध्य २ सय १६ जना मात्रै मतदान प्रकृयामा सहभागी हुनु भएको लुम्बिनी प्रदेश निर्वाचन अधिकारी लक्ष्मीदत्त कलौनीले जानकारी दिनुभयाे ।
राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा शतप्रतिशत मत खसेको छ । कर्णालीबाट तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत परिसरमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्य साढे १२ बजेसम्म शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेशमा ४० जना प्रदेश सभा सदस्य र १ सय ५६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ९६ जना मतदाता रहेका छन् ।
महिलातर्फ एक जना, दलिततर्फ एक जना र अन्यतर्फ एक जना गरी तीन सिटका लागि ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
मधेश प्रदेशमा पनि मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । मधेशमा निर्धारित मतदाता मध्ये १ प्रदेश सभा सदस्य र २ जना पालिका प्रमुख मतदानमा अनुपस्थित हुनु भएको छ ।।





प्रतिक्रिया राख्नुहोस्