सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

धनगढी- राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित हुनुभएको छ ।
महिला तर्फ माओवादी केन्द्रकी रेनु चन्द विजयी हुनुभएको छ । चन्दले ४ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, अपाङ्गतर्फ नेपाली काँग्रेसका नारायणदत्त भट्ट निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ४१९ मत पाउनु भएको छ।
त्यस्तै अन्यतर्फ काँग्रेसकै बलदेव बोहरा विजयी हुनभएको छ । बोहोराले ४ हजार ३४७ मत प्राप्त गर्नुभएको हाम्रा कैलाली संवाददाता सिताराम ओझाले जानकारी दिनुभएको छ ।।





प्रतिक्रिया राख्नुहोस्