कर्णालीमा गठबन्धनका तीन जना उम्मेदवारहरु विजयी
काठमाडौँ- राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका सबै उम्मेदवारहरु विजयी हुनुभएको छ ।
गठबन्धनबाट नेपाली काङ्ग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र नेकपा माओवादी केन्द्रका विष्णु विक विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
रोकायले तीन हजार ८७० मतभार प्राप्त गनुभएको छ । उहाँले ३० प्रदेश सभा सदस्य बराबर एक हजार ५९० मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गर्नुभयो ।
उहाँका प्रतिस्पर्धी नेकपा एमालेका डिल्ली प्रसाद भट्टराईले एक हजार २१४ मतभार लिनुभयो । उहाँले १० प्रदेश सभा सदस्य बराबर ५३० मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित हुनुभयो ।
महिलातर्फ विजयी हुनुभएकी मल्लले तीन हजार ७१९ मतभार प्राप्त गनुभएको छ । उहाँले २९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र ११५ स्थानीय तह मतदाता बराबर दुई हजार १८५ मतभार प्राप्त गर्नुभयो ।
उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विमला शाहीले एक हजार ३६२ मतभार लिनुभयो । उहाँले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मतभार र ४१ स्थानीय तह मतदाता बराबर ७७९ मतभार प्राप्त गरी पराजित हुनुभयो ।
यस्तै, दलिततर्फ विजय हुनुभएका विष्णु विकले तीन हजार ८१७ मतभार प्राप्त गनुभएको छ । उहाँले ३९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गर्नुभयो ।
उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हिक्मत विकले एक हजार ३६७ मतभार लिनुभयो । उहाँले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित हुनुभयो ।
निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा तर्फका ४० सदस्यले मतदान गर्नुभएको थियो ।।





प्रतिक्रिया राख्नुहोस्