मधेश प्रदेशमा गठबन्धनका ढुङ्गाना र चौधरी विजयी
काठमाडौँ- मधेश प्रदेश राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएका (खुला) बाट आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फबाट पूजा चौधरी निर्वाचित हुनुभएको हो ।
ढुङ्गानाले सात हजार ३७० मतभार र चौधरीले सात हजार ९२३ मतभार ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले बताउनुभयो ।
उहाँका अनुसार अन्य समूहबाट नेकपा एमालेका विजेता चौधरीले दुई हजार ४८४ र जनमत पार्टीका रामाशङ्कर महासेठले ८१८ मतभार प्राप्त गर्नुभएको छ ।
यसैगरी महिलातर्फ चौधरीको निकटतम प्रतिद्वन्द्वी एमालेका उषादेवी थरुनीले दुई हजार ४४६ मतभार प्राप्त गर्नुभएको छ ।।





प्रतिक्रिया राख्नुहोस्