क्रिकेटका अलराउण्डर ऐरी ग्रेसको एम्बेसडर

काठमाडौं- नेपाली क्रिकेट टोलीका कीर्तिमानी अलराउण्डर खेलाडी दीपेन्द्र सिंह ऐरी ग्रेस इन्टरनेशनल ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रेसले खेलाडी दीपेन्द्रलाई एम्बेसडरमा नियुक्त गरेको हो । सन् २०१७ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका दीपेन्द्र नेपालका प्रमुख अलराउन्डर हुन् ।

२०१७ यता नेपालको सबै सफलतामा दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट योगदान छ । ग्रेसको तर्फबाट निर्देशक लक्ष्मण पौडेल एन्ड्रयु र दीपेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

खेलाडी दीपेन्द्रले आफ्नो जर्सी एन्ड्रयु पौडेललाई उपहारका रुपमा प्रदान गरेका थिए । सम्झौता ३ वर्षको हुने जानकारी दिइएको छ । ग्रेस इन्टरनेसनलले विगत १७ वर्षदेखि अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशमा पढ्न चाहने वि‌द्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.