अन्तर्राष्ट्रिय न्यायिक अदालतले इजरायल-गाजा युद्ध सम्बन्धी मुद्दामा आज फैसला सुनाउँदै

काठमाडौं- संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायिक अदालतले इजरायल-गाजा युद्धका सम्बन्धमा परेको मुद्दामा आज फैसला सुनाउँदै छ ।

संयुक्त राष्ट्रसंघीय उच्च अदालतले इजरायललाई गाजामा आफ्नो सैन्य कारबाही रोक्न आदेश दिँदै आपतकालीन उपाय जारी गर्न सुझाउने विश्वास गरिएको छ ।

शुक्रबारको अन्तर्राष्ट्रिय न्यायालय, आईसीजेको सत्र दक्षिण अफ्रिकाले इजरायलले नरसंहार गरिरहेको आरोप लगाएको मुद्दाको अंश हो । दुई साताअघि मुद्दा खुल्दा दुवै देशले प्रतिरक्षा गरेका थिए । इजरायलले दक्षिण अफ्रिकाको आरोपलाई अस्वीकार गरेको छ ।

इजरायल बिरूद्धको निर्णय अदालतले लागू गर्न सक्दैन तर राजनीतिक रूपमा भने महत्त्वपूर्ण हुनेछ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलाका कारण पच्चीस हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । जसमा अधिकांश महिला र बालबालिका रहेको र दशौं हजार घाइते भएका उल्लेख छ ।

७ अक्टोबरमा हमासको आक्रमणमा करिब १ हजार ३ सय मानिस मारिएका थिएभने करिब २ सय ५० जनालाई हमास लडाकुले बन्धक बनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.