नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै

काठमाडौं- नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी आज स्थापना दिवस मनाइँदैछ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि पहल गर्ने उद्देश्यले खुलेको नेपाली कांग्रेस नेपालकै सबैभन्दा पुरानो दल हो । जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको नेपाली कांग्रेस ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठुलो दलकारुपमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.