नेपाललाई अफगानिस्तानले दियो १४६ रनको लक्ष्य

काठमाडौँ- आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत  समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई  १४६ रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा १४५ रन बनाउदा सवै विकेट गुमाउन पुग्यो ।

नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट र दीपेश कँडेलले दुई विकेट लिए । त्यसै गरी गुल्सन झा, तिलक भण्डारी र सुवास भण्डारीले एकएक विकेट लिए ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ। प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि यो खेल नेपालले जित्नै पर्ने हुन्छ ।

समूह ‘डी’ को पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.