कर्मचारी र प्रहरीबीच भएको घटना छानविन गर्न समिति गठन

काठमाडौँ –  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र प्रहरी बीच भएको घटना छानविनका लागि गृहमन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

घटनप्रति मन्त्रालयको गंभिर ध्यानाकर्षण भएको भन्दै  उक्त घटना बारेमा छानविन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

छानविन समितिमा नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा प्रशासन शाखाका उपसचिव कुल बहादुर जि .सी सदस्य रहनु भएको छ । समितिलाई तीन दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

शुक्रबार विहान त्रिभुवन विमान स्थलको अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई प्रहरीबाट दुर्व्यवहार एवम् हातपात भएको आरोप अध्यागमनका अधिकारीहरुले लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.