मुगुमा भाइरल ज्वरोको प्रकोप: पाँच दिनमा चार जनाको मृत्यु

मुगु- जिल्लाको सोरु गाँउपालिकाका एक दर्जन वस्तिहरुमा भाईरल ज्वरो फैलिएपछि ५ दिनयता ४ जनाको मृत्यु भएको छ ।
सोरु गाँउपालिका ६ पुरुमुरु गाँउका ७२ बर्षिय हरीबहादुर शाही, ७५ बर्षका कृति छत्याल र २४ बर्षिय कुशुम ढोलीको ३ दिन पहिले र सोही पालिकाको वडा नं ९ कालै गाँउकी ८२ बर्षिय उतिकला योगीको ५ दिन पहिले मृत्यु भएको हो ।

भाईरल ज्वरोको संक्रमण फैलिएको खवर पाएपछि स्वास्थ्य सेवा कार्यालय मुगुबाट आवश्यक औषधिसहित चिकित्सकको टोलि पुरुमुरु गाँउ पुगेर उपचार गरेको छ । स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर कमल ढुंगानाले गाउँका अन्य विरामीहरुलाई देखिएको लक्षणको विश्लेषण गर्दा मृत्यु भएका ४ जनाको भाइरलकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको बताउनुभयो ।

उहाँले मृत्युको कारण पत्ता लगाउन आवश्यक नमूनाहरु परीक्षणका लागि काठमान्डौ पठाइएको र नमूना परिक्षणपछि प्राप्त हुने नतिजापछि मात्रै मृत्युको कारण पत्ता लाग्ने जानकारी दिनुभयो ।

सोरु गाँउपालिका र स्थानीय स्वास्थ्य चौकीमा सिटामोल लगाएतका औषधि समेत नभएर विरामीहरुको मृत्यु भएको मृतकका आफन्तहरुको दुखेसो छ । चिकित्सकको टोलीले उपचार गरेपछि रोग विस्तारै नियन्त्रणमा आउन थालेको स्थानीयबासिन्दाहरुले जानकारी दिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.