गोदाममै थन्कियो रासायनिक मल

पश्चिम नवलपरासी-  किसनले मल नपाइरहेको गुनासो आइरहँदा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको कृषि समाग्री कम्पनीको गोदाममा भने ७१ टन रासायनिक मल त्यसै थन्किएको छ ।

कोटाको आधारमा वितरण गरिने मल सहकारी संस्थाहरुले कम्पनीबाट नलैजादा गोदाममै थन्किएको हो ।

तोरी, गहुं, उखु लगाएत हिउदे बालीका लागि किसानलाई अहिले रासायानिक मलको आवश्यकता छ ।

जिल्लाका ९ सहकारीले मल नलगेको कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रमुख नरहरी पोखरेलले जानकारी दिनुभयो ।

पटकपटक पत्राचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको पोखरेलले बताउनु भयो ।

जिल्लाका ७ वटै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए । २४ टन युरिया र ४७ टन डीएपी मल गोदाममा थन्किएको छ ।

ढिलो गरी मात्र कृषि समाग्री कम्पनीमा मल आएको र प्रर्याप्त पनि नभएकाले सहकारीले मल खरिद नगरेको परासी आर्दश बहुमुखि सहकारीका व्यवस्थापक संजय सिंहले बतानुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.