सहकारी ठगीका आरोपीहरु जीबी राई र भुपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौँ – सहकारी ठगीका आरोपी जीबी राईसहित दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोग लागेका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको हो ।

यसैगरी गएराती सहकारीका पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गरिएको छ । इन्टरपोलले उनीहरुलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरुको फरार सूचीमा राखेको हो । सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केही समयअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको सचिवालायलाई अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा भए नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.