जाडो अझैं केही दिन लम्बिने,काठमाण्डौको न्यूनतम् तापक्रम २ दशमलव १ डिग्री मापन

चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव

काठमाडौँ- हिउँदको मध्य भएकाले यो वर्षको जाडो अझैं केही दिन लम्बिने भएको छ । मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । काठमाडौँको तापक्रम आज झनै तल झरेको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव १ डिग्री मापन गरिएको मौसमविद्ले झाले जानकारी दिनुभयो ।

यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो । हिजो २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो । अहिलेसम्म वर्षा हुने राम्रो प्रणाली नदेखिएको र भएको प्रणाली पनि आकाशको धेरैमाथि रहेको मौसमविद्हरुको भनाइ छ । हिमाली भेगको चिसो माइनसबाट तलतिर झर्ने क्रम जारी रहेको महाशाखाले जानकारी दिएको छ ।

जुम्लामा न्यूनतम तापक्रम माइनस ४ दशमलव ९ डिग्री मापन गरिएको छ । त्यस्तै जोमसोममा माइनस ५.५ डिग्री पुगेको छ । पश्चिम तराइका जिल्लाहरुमा शून्य भिजिविलिटी रेकर्ड भएको छ  । यो भनेको मानिसको आँखाले पनि धेरै परसम्म देख्न नसकिने पारदर्शिता हो । विशेषगरी भैरहवा नेपालगञ्ज र धनगढीको भिजिविलिटी १०० मिटर भन्दा पनि कम रेकर्ड गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.