समावेशिता र विविधता संरक्षण गर्दै नेपाल टेलिभिजन

काठमाडौँ – राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनले संघीयता र समावेशीताको मर्म अनुसार समाचार तथा कार्यक्रम उत्पादन र प्ररणमा महत्वपूर्ण उपलव्धी हासिल गरेको छ ।
नेपाल टेलिभिजनको प्रसारण पहुँच र विषयवस्तुले संघ, प्रदेश र स्थानिय तीनै तहका सरकारसँग आम नागरिक दर्शकलाई निरन्तर जोडेको छ ।
राज्यप्रतिको दायित्व र नागरिकप्रतिको जिम्मेवारीलाई सधै निर्वाह गर्नुपर्ने नेपाल टेलिभिजनलाई आफ्नो व्यवशायिक वृत्तिका लागि पनि काम गर्नुपर्ने बाध्यता छ ।
तर राज्यको आधिकारिक र जिम्मेवार प्रसारण संस्था नेपाल टेलिभिजनले संघीयता, समावेशिताको मर्म अनुसार सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने विषयवस्तुहरुको उत्पादन र प्रसारणमा जोड दिदै आएको छ ।
नागरिकका संविधान प्रदत्त अधिकारको प्रत्याभूतिमा सचेत नेपाल टेलिभिजनले सवै जाती, भाषी, धर्म, समुदायका साथै महिला, जेष्ठ नागरिक, वालवालिका र अपाङगता भएका समूहलाई समेत लक्षित गरी कार्यक्रम र समाचारहरु उत्पादन तथा प्रसारण गरिरहेको छ
नेपाल टेलिभिजनले लिम्बु, भोजपुरी, थारु, अवधि, नेवारी, मैथिली, तामाङ, गुरुङ, उर्दु र मगर गरी १० वटा भाषामा समावेशी कार्यक्रम उत्पादन तथगा प्रसारण गरिरहेको छ । विगत लामो समयदेखि संस्कृत र सांकेतिक भाषामा समाचार प्रसारण गरिरहेको नेपाल टेलिभिजनले गत वर्षबाट प्रदेशमा पहिलो भाषा लिम्बु, मैथिली, तामाङ, गुरुङ, थारु र डोट्याली गरी ६ वटामा भाषामा समाचार प्रसारण गरिरहेको छ ।
यसवर्षबाट प्रदेशका दोश्रो भाषा समेत गरी थप ५ वटा भाषामा समावेशी समाचार प्रसारणको तयारी गरिएको छ । संघीयतासंगै प्रदेशिक च्यानलहरु एनटिभी इटहरी र एनटिभी कोहलपुर संचालन गरेको नेपाल टेलिभिजनले आफ्नो प्रसारण र उत्पादन पहुँचबाट संघ, प्रदेश र स्थानिय तीनै तहका सरकारसंग आम नागरिक दर्शकलाई निरन्तर जोडेको छ ।






प्रतिक्रिया राख्नुहोस्