हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारी आन्दोलित

मकवानपुर- व्यवस्थापकमा कार्य सम्पादन क्षमताको अभाव भएको भन्दै हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारी आन्दोलित बनेका छन् । कार्यालयका व्यवस्थापक भोजराज विनाडीले कर्मचारीलाई बारम्बार अनुचित व्यवहार गरेको कर्मचारीले आरोप लागाएका छन् ।

व्यवस्थापनको विरोधमा चरणबद्ध आन्दोलन सुरु गरेका कर्मचारीले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । बारम्बार मानव अधिकारकै हनन् गर्ने क्रियाकलाप गरेको व्यवस्थापक विनाडीमाथि कर्मचारीको आरोप छ ।

श्रम ऐनमा व्यवस्था भएबमोजिम काममा बाधा नपर्ने गरी सांकेतिक रुपमा हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय कर्मचारी संघ इकाई समिति अध्यक्षले तेजराज थिङले बताउनुभयो ।

कर्मचारीलाई लोकतान्त्रिक मर्म विपरित व्यवहार गर्ने, काम कार्वाहीलाई गती दिन नसक्ने, मन्त्रीको पावर छ एक दुई जनाको जागिर खाइदिन्छु भनि धम्कीपूर्ण भाषा बोल्ने गरेकोले आफूहरु बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रन परेको अध्यक्ष थिङले बताउनुभयो ।

“यस विषयमा कर्मचारीहरुको हस्ताक्षर संकलन गरेर केन्द्रिय कार्यालयमा पत्र बुझाएका छौं, उपयुक्त क्षेत्र व्यवस्थापक उपलब्ध गराउनु पर्ने हाम्रो माग हो । अध्यक्ष थिङले भन्नुभयो, मागको बेवास्ता गरेमा दोस्रो चरणको आन्दोलन सुरु गर्नेछौं” ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख विनाडीले आफूमाथि कर्मचारीले लगाएका आरोप झुठो भएको बताउनुभयो । उहाँले भन्नुभयो, यस विषयमा कर्मचारीसँग छलफल गर्नेछु ।

आन्दोलनमा उत्रिएका कर्मचारीले बागमती प्रदेशका उद्योग बाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारलाई मागपत्र समेत बुझाएका छन् । माघ २४ गतेसम्म हातमा कालो पट्टी बाँधेरै काम गर्ने माग कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.