बाँदर नियन्त्रणका लागि अध्ययन गर्न सांसदसहितको टोली भारत जाने

बाँदरको बन्ध्याकरण अध्ययनको विषय

काठमाडौँ – देशका विभिन्न स्थानमा समस्याकै रुपमा रहेको बाँदर आतंक नियन्त्रणबारे अध्ययन गर्न  विज्ञहरु भारत जाने भएका छन् ।

प्रतिनिधि सभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु, पशु चिकित्सक र वनका रेन्जर समेतको टोली भारतको हिमांचलमा  बाँदरको विशेषगरी बन्ध्याकरण सम्बन्धी अध्ययनको लागि जाने  समितिले जनाएको हो ।  बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्नका  लागि चिकित्सक र सांसदहरूको टोली भारतको हिमाञ्चल राज्य जान लागेको हो ।

बाँदरले किसानलाई दिएको दुख सहन नसकी खेतबारी बाँझै छाड्ने र  बसाइँ हिँड्नेको संख्या बढेसँगै समितिले नियन्त्रणको उपायमा बन्ध्याकरण पनि एक भएको भन्दै त्यसबारे अध्ययन गर्न विज्ञ टोली जान लागेको समितिका सदस्य अम्मर बहादुर थापाले जानकारी दिनुभयो । भारतको हिमांचलमा बाँदरको नियन्त्रणको लागि बन्ध्याकरण विधि अपनाइएको छ ।

सोही विधि  नेपालमा पनि ल्याउन सके बाँदर नियन्त्रणको  विकल्प हुनसक्ने समितिले जनाएको छ । अध्ययनको लागि समितिले कृषि र वन मन्त्रालयसँग समन्वय गरेर १० जना भेटेरिनरी डक्टर र पाँचजना फरेस्ट रेन्जर र सांसदहरु समेत गरी करिब २० जनाको टोली  बाँदरको बन्ध्याकरण प्रविधि बुझ्न हिमाञ्चल प्रदेश जान लागेको हो । बन्ध्यकरणमा संलग्न हुनुपर्ने  बाँदरको बन्ध्याकरण गर्ने विधि अरु जनावरको जस्तै छ ।

अस्पतालमा ल्याएका बाँदरको मात्र बन्ध्याकरण हुने भएकाले  बाँदर  बटुल्न र एकैपटक  ठूलो स‌‌ंख्यामा बन्ध्याकरण गर्नुपरे जनशक्तिको व्यवस्थापन गर्नुपर्ने विज्ञको भनाइ छ । यसका लागि जनशक्ति बढाउन अध्ययन अध्यापन वा तालिमको आवश्यकता पर्ने भएकोले १० जना भेटेरिनरियन र पाँचजना रेन्जरसहितको टोली तालिमका लागि भारत जाने तयारीमा भएको समितिका सदस्य थापाले  जानकारी दिनुभयो ।

बाली नालीलाई बाँदरले मात्र होइन खेतबारी आसपास जमिनमुनि बस्ने दुम्सीले पनि सखाप पार्न थालेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि नियमन्त्रणको विकल्प खोजिरहेको मन्त्री डा.वेदुराम भुसालले जानकारी दिनुभयो ।

ठूलो लगानी र परिश्रमको फल खाने बेलामा बाँदरले बाली नाश गरिदिँदा कृषकहरू मारमा परेका छन् । हालको परिपेक्षमा सबैभन्दा ठूलो समस्या नै बाँदरको आतंक बनिरहँदा निकै दुःख–कष्टले लगाएको अत्रबाली जोगाउन नै किसानलाई सास्ती हुने गरेको छ ।अत्रबाली नाश गरिदिँदा आफ्नो बासस्थानसमेत छोड्नु पर्ने बाध्यता किसानको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.