प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ – प्रतिनिधिसभाले फागुन १५ सम्मको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेण्डरमा माघ २२ गते सोमबारदेखि १५ फागुन सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको सार्वजनिक गरिएको छ ।

उक्त क्यालेन्डर अनुसार माघ महिनामा दुई दिन मात्र २२ र २४ गते प्रतिनिधिसभाको बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । त्यसै गरी क्यालेन्डरमा बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि उल्लेख गरिएको छ ।

सार्वजनिक क्यालेण्डर अनुसार फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.