आर्थिक विकास र रोजगारी सबैको साझा एजेण्डा

कास्की- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले जनताले प्रदेश सरकारका माध्यमबाट रोजगारीका अबसरको सृजना र प्रदेशको समग्र बिकास निर्माणका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।
सुशासन ,स्वास्थ सेवामा सबैको पहुँच ,सडकको सुबिधा , सबैले शिक्षामा पहुँच , उज्यालो गण्डकी प्रदेशको अबधारणालाई पुरा गर्दै आर्थिक समृद्धि लगाएतको पक्षमा काम गर्न प्रमुख गुरुङले आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशसभा स्थापनाको छैटौं बर्ष पुरा गरी सातौं बर्षमा प्रबेश गरेको अबसरमा आयोजना भएको स्थापना दिवस कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङ्गले गण्डकी प्रदेशको यस अघिको सरकारले निर्माण गरेका कानुनको पालना र कार्यान्वयन गर्दै अहिलेको सरकारले पनि जनताको अपेक्षा बमोजिम काम गर्नुपर्ने बताउनुभएको हो ।
सोही अबसरमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले निर्माण गरेका कानुनहरुको सामाजिक , आर्थिक , राजनीतिक मुल्य बिष्लेषण गरी कानुनप्रति चासो र चिन्ता हुन आबश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले कानुनको कार्यान्वयन र अबस्थाका बारेमा अनुगमन गर्ने पद्धतीको बिकास गरी यसक्रममा स्वतन्त्र निकाय र बिज्ञहरुको सहयोगमा कानुनहरुको प्रभाबको क्षेत्रमा नियमित अध्ययन र अनुसन्धान कार्य अघि बढाइएको पनि बताउनुभयो ।
मुख्य मन्त्री पाण्डेले प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवाधिक योजनाको चरणमा रहेकोले यसअघिका कमीकमजोरीहरुलाई सच्याउँदै अघि बढ्न सबैले सहयोगका साथ हातेमालो गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
सो कार्यक्रममा प्रतिपक्ष दल एमालेका नेता खगराज अधिकारीले संबिधान अनुसार सुस्ता र बर्दघाट क्षेत्र गण्डकी प्रदेशको क्षेत्रमा पर्ने भएकाले ती दुबै क्षेत्र गण्डकी प्रदेशले प्रयोग गर्न पाउनु पर्ने बताउनुभयो । उहाँले संघीय सरकारले कानुन बनाउने कुरामा प्रदेश सरकारलाई सहयोग गर्नु पर्ने धारणा पनि राख्नुभयो ।
सो अबसरमा गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताल, माओवादी नेता हरि बहादुर चुमान लगाएतले हालसम्म भएको उपलब्धिलाई रक्षा गर्दै प्रदेशको समृद्धि र बिकासका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्