गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकाे ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने

मकवानपुर – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरेको छ । मंगलबार बिहान बसेको प्रदेश सरकारको बैठकले रंगशाला निर्माणका लागि प्रदेश सरकारले बेहोर्ने ७० प्रतिशत रकमको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो । रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिका र प्रदेश सरकारले लगानी सम्झौता गरेका थिए । सम्झौता अनुसार लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्नेछ ।

क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले पेश गरेको ७५ करोड रुपैयाँ मध्ये प्रदेशले बेहोर्ने ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितत गरिएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । बैठकले रंगशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन भरतपुर महानगरपालिकालाई आग्रह समेत गरेको छ ।

यसैगरी मन्त्रीपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको माग अनुसार संघीय समपुरक र विशेष अनुदानको लागि १०–१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको छ । अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएको तर भुक्तानी गर्न बाँकी रकमहरु भुक्तानी गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो । मुख्यमन्त्री जम्कट्टेलले केही प्रक्रियाहरु पुरा गर्नुपरेको कारण निर्माण कार्यको भुक्तानी गर्न ढिलाई भएको बताउनुभयो ।

युस्तै बागमती प्रदेश सरकारले फागुनको दोश्रो साता हिउँदे अधिवेशन बोलाउने तयारी गरेको पनि मुखयमन्त्रीले जानकारी गराउनुभयो । कांग्रेसको महासमिति बैठक र माओवादी केन्द्रको विधान अधिवेशन रहेकोले फागुनको दोश्रो हप्ता मात्र अधिवेशन बोलाउने तयारी गरेको उहाँले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.