नेपाल र नेपाली भाषाका म्युजिक भिडिओ एकैसाथ सार्वजनिक

काठमाडौँ- युवा गायक बिरज महर्जनद्वारा स्वरवद्ध नेपाली र नेपाल भाषाको दुई गीतका भिडिओ एकैसाथ लोकार्पण गरिएको छ l काठमाडौमा एक कार्यक्रमका बीच नेपाली भाषाको ‘तिमी आउने बाटो भरि’ र नेपाल भाषाको ‘नक्कलिम्ह मय्जु’ गीतका म्युजिक भिडिओ सार्वजनिक गरिएको हो l

बद्रि देसारको शब्द/सङ्गीत रहेको नेपाली भाषाको गीतमा जुगल डंगोलले सङ्गीत संयोजन गरेका छन् भने सायद कार्कीको निर्देशनमा भिडिओ छायाङ्कन भएको हो l प्रद्युम्न मिश्रको सिनेमाटोग्राफी र कृष्ण भण्डारीको सम्पादन रहेको यस म्युजिक भिडिओमा अभिषेक जोशी, मिशेल घिमिरे र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् l

यसैगरी नेपाल भाषाको अर्को गीत ‘नक्कलिम्ह मय्जु’ सुरजवीर महर्जनले रचना गरेका हुन् भने यसमा जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ l रामकृष्ण खड्गीको परिकल्पना एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा रकी महर्जनको सिनेमाटोग्राफी र आर.आर. को सम्पादन छ l भिडिओमा मनोज महर्जन र हसना महर्जनले अभिनय गरेका छन् l दुबै म्युजिक भिडिओका निर्माता विनोद महर्जन र रत्नकुमारी महर्जन हुन् l

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.