अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् रोक्न प्रजिअको निर्देशन

बारा- प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले अबैधरुपमा भईरहेको नदीजन्य पदार्थ उत्खनन् रोक्न निर्देशन दिनुभएको छ । मंगलबार साँझ बाराको निजगढमा रहेको लाल बकैया खोलाको अनुगमन गर्दै सो निर्देशन दिनु भएको हो ।

घिमिरेले खोलाको अनुगमनपछि निजगढ नगरपालिकाका नगरप्रमुख, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक, शसस्त्र प्रहरी उपरिक्षकलगायतलाई सो निर्देशन दिनु भएको हो ।

बकैया खोलाको स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले खोलाको अबस्था हेर्दा राज्य छ भन्ने अनुभुतिनै नहुने गरी खोलाको दोहन भएको बताउनु भएको छ ।

उहाँले नेपाल क्रसरले अबैधरुपमा ड्याम क्षेत्रमा खनेको बताउदै तत्काल पत्र काटेर कार्वाही गर्न नगरपालिकालाई अनुरोध गर्नुभयो । “खोलाको तलदेखि माथिसम्म अनुगमन गर्यौ, हामी आउँदा दोहन गर्ने सवारी फेला नपरेपनि खोलाको अबस्था हेर्दा खोलाको निकै उत्खनन् भईरहेको र धेरै निकासी भएको देखिन्छ ।”- घिमिरेले भन्नुभयो ।

खोलाको दोहन नियन्त्रण गर्न हामी सबै सरोकारवालाले दोहन नियन्त्रण गर्न कडाईकासाथ प्रबन्ध मिलाउँछौ प्रजिअ घिमिरेले बताउनुभयो ।

अनुगमनमा जिल्ला समन्वय समितिका उपसभापति, निजगढ नगरपालिकाका नगरप्रमुख, प्रशासकीय अधिकृत, प्रशासन प्रमुख, डिभिजन वन कार्यालय बाराका अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

खोलाको अनुगमन आउने खबरले दैनिक उत्खनन गर्दै आएका ट्रयाक्टर लगायत क्रसर उद्योग बन्द गरेका थिए । खोलाको अबैध उत्खनन्‌मा राजनैतिक दलहरुको र प्रहरी प्रशासनको समेत मिलोमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।

नगरपालिकाले खोलाको बिधिवत ठेक्का नलगाई सकेको अबस्थामा अनुगमनमा खोलामा १० देखि १५ फिटसम्म गहिरो खाडल बनाएको भेटिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.