संघीय सरकारको असहयोगका कारण प्रदेशले अपेक्षाकृत काम गर्न सकेनः अध्यक्ष यादव

मकवानपुर- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको बताउनुएको छ ।

पार्टीको हेटौंडा उपमहानगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संघीय सरकारले केन्द्रीकृत मानसिकता त्याग्न नसक्दा यसको असर प्रदेशमा परेको उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “प्रदेश सरकार छ, प्रहरी प्रशासन छैन, प्रदेश सरकार छ ,आर्थिक श्रोतमाथिको अधिकार छैन, सरकार चलाउने कानुन छैन, केन्द्रले नदिने अनि प्रदेशले कसरी काम गर्छ ?”

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले अहिलेको संविधान नै गलत भएको बताउनुभयो । वर्तमान संविधानले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने उहाँले जिकिर गर्नुभयो ।

संविधान संशोधन नगरिए संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने उहाँले बताउनुभयो । संविधानमा उल्लेखित व्यवस्थालाई परिमार्जन गरेर अगाडि बढेमात्र मुलुकको आर्थिक विकास सम्भव रहेको उहाँको भनाई थियो ।

अध्यक्ष यादवले संसदीय प्रणाली नै नेपालमा असफल भइसकेको दाबी गर्नुभयो । वर्तमान प्रणालीबाट आर्थिक विकास र समृद्धि सम्भव नभएको उहाँको भनाई थियो । अध्यक्ष यादवले जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय व्यवस्था नै अहिलेको प्रणालीको विकल्प भएको बताउनुभयो ।

अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली अत्यन्त महङ्गो भएको बताउनुभयो । नेपाल जस्तो गरीब देशमा सामान्य जनताले चुनावनै लड्न नसक्ने उहाँले बताउनुभयो ।

उहाँले समानुपातिक निर्वाचन प्रणालीमा जोड दिनुभयो । उहाँले मुुलुकमा अझै पनि सुशासनको स्थापना हुन नसकेको बताउनुभयो । सुशासनको अभावमा भ्रष्टतन्त्र र लुटतन्त्र फैलिएको उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.