कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

सहमतिसँगै पहिचान पक्षधरको सम्पूर्ण आन्दोलन फिर्ता

काठमाडौँ- कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ ।

आज दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिनुभयो ।

सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने उल्लेख छ ।

पाँच बुँदे सहमतिसँगै काेशी प्रदेशकाे पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान पक्षधरले फिर्ता लिएको छ ।

वार्तामा बसेका दुवै पक्षले सहमतिका बुँदा सार्वजनिक गर्न आज विराटनगरमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.