काँग्रेस नेता मोहम्मद आलमविरुद्धको मुद्दामा साक्षी झिकाइ बकपत्र गराउन आदेश

काठमाडौँ – रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी झिकाइ बकपत्र गराउन आदेश गरेको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको एक इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग रिपोर्ट बुझ्ने र साझी झिकाइ बकपत्र गराउन आदेश दिएको रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।

यति दिन भित्र भनि आदेशमा नभनिएको भएपनि पुरानो मुद्दा भएकाले अब हुने सुनुवाइ अन्तिम हुने र उक्त सुनुवाइ छिटै हुने स्रेस्तेदार ढोडारीले जानकारी दिनुभयो ।

विसं. २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै रहदै आउनु भएको छ ।मुद्दामा  आलमसहित ११ जना प्रतिवादी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.