कोरोना संक्रमणबाट नेपालमा एकै दिन १६ जनाको मृत्यु

नेपालमा संक्रमित हुनेहरुमध्ये ०.७ प्रतिशतको ज्यान गएको छ

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १३ जना पुरुष र ३ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र बाँकेमा दुई दुई जना पुरुषको मृत्यु भएको छ । झापा, सुनसरी, पर्सा, मकवानपुर, ललितपुर, चितवन, दोलखा र रुपन्देहीमा एक–एक जना पुरुषको ज्यान गएको छ ।

यसैगरी मकवानपुर, ललितपुर र दोलखामा एक–एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.७ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.