कुवेतलाई हराउँदै महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल

काठमाण्डौँ – नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वाइएसडी युकेएम ओभल मैदानमा आज भएको भएको खेलमा नेपालले कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
वर्षाले प्रभावित खेलमा जितका लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २२ र सीता रानामगरले १७ रन बनाउनु भयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ७३ रन बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रन बनाउनुभयो । शान्ति बालसुब्रमण्यम र खादिजा खलीलले १३/१३ रन बनाउनुभयो । बलिङमा नेपालका सीता रानामगरले तीन तथा रुबिना क्षेत्री र कविता कुँवरले दुई दुई विकेट लिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्