पालुङ वितरण केन्द्रको विद्युत चुहावट नियन्त्रण अभियान

मकवानपुर- नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियान सुरु गरेको छ । पालुङ वितरण केन्द्रले हुकिङ् र मिटर वाईपास गरी विद्युत चुहावट गर्ने ग्राहक तथा उपभोक्तालाई कारबाही थालेको छ ।

प्रधिकरणले छड्के निरिक्षणका क्रममा आठजना ग्राहकले विद्युत् चुहावट गरेको पाइएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो ।

विद्युत् चुहावट गर्ने ग्राहकबाट प्राधिकरणले क्षतिपूर्ति वापत एक लाख ४३ हजार रुपैयाँ जरिवाना असुल गरेको केन्द्रका प्रमुख न्यौपानेले बताउनुभयो ।

पालुङ वितरण केन्द्रले चालु आर्थिक वर्षको माघ महिनासम्म विद्युत् महसुल नबुझाउने चार सय ५४ ग्राहकको लाइन काटेको छ । जसमध्ये तीन सय ७१ ग्राहकले बक्यौता रकम बुझाई विद्युत् पुनः जडान गरेका छन् ।

वितरण केन्द्रले ७८ लाख ७७ हजार बक्यौदा रकम असुल गरेको छ । प्राधिकरणले विद्युत चोरी गर्नेबाट १ लाख ४३ हजार जरिवाना असुल गरेको छ ।

चुहावट नियन्त्रणका लागि प्राधिकरणले मिटरको छड्के निरीक्षण तथा मिटर रिसिलिङ्ग अभियान जारी राख्ने प्रमुख न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.