नेपाल टेलिभिजनकर्मी भण्डारी सम्मानित

रुपन्देही- नेपाल टेलिभिजनका रुपन्देही संवाददाता केशव भण्डारी सम्मानित हुनुभएकाे छ । बुटवल उपमहानगरपालिकाले ६५औ स्थापना दिवसका अवसरमा पत्रकारितामार्फत बुटबलको विकासमा योगदान गरेकाेमा संवाददाता भण्डारीलाइ सम्मान गरेकाे हाे ।
उपमहानगरले ११० वर्षीया ऐरावती वरईको प्रमुख आतिथ्यतामा विभिन्न क्षेत्र र विधाका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ।
यस्तै करदाताहरुमा एकीकृत सम्पत्तिकरमध्ये ठूला करदाताको व्यक्तिगत तर्फ ज्ञानु कुमारी गौचन, ईश्वरी पाठक, विलास मोहन वझा र मधुसुदनलाल श्रेष्ठलाई सम्मान गरिएको छ।
संस्थागततर्फ नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड बुटवल, एभरेष्ट इङ्गिलस बोर्डिङ प्रालि, बुटवल, दिप बोर्डिङ रुपन्देही प्रालि, बुटवल र सुरपदमा हाउजिङ्ग, बुटवललाई सम्मान गरिएको छ।
ठूला करदातामध्ये घरबहालतर्फ कुसुम देवी शाक्य र पोष्टराज ज्ञवाली/मञ्जु ज्ञवालीलाई सम्मान गरिएको छ। उत्कृष्ट किसानतर्फ रामनाथ उपाध्याय र रामनाथ माली, पशुपालन तर्फ अगुवा महिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, जितेश्वरी एग्रोभेट फर्म प्रालिलाई सम्मान गरिएको छ।
सामुदायिक विद्यालय तर्फका शिक्षकहरुमध्ये नरैनापुर आधारभुत विद्यालयका प्रधानाध्यापक अम्बिका अर्याल, नविन औद्योगिक कदर बहादुर रिता मा.वि.का ईन्जिनियर मनोज आचार्य र मैनाबगर आधारभूत विद्यालयकी कमला ज्ञवालीलाई सम्मान गरिएको छ। संस्थागत विद्यालय तर्फका शिक्षकहरुमध्ये ज्ञानपुञ्ज ईङ्गिलस बोर्डिङ स्कुलका तोयाराम पौडेल, दिप बोर्डिङ हाई स्कुलका ज्ञानु रानालाई सम्मान गरिएको छ।
उपमहानगरपालिका क्षेत्रभित्रबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तर्फका प्रधानाध्यापकहरुमध्ये कालिका मानवज्ञान मा.वि.का दिनेश थापा, कान्ति माविका गोविन्द ज्ञवाली, नविन औद्योगिक कदर बहादुर रीता मा.विका प्रेम बहादुर बस्नेत र नयागाउँ मा.वि.का पुरुषोत्तम भट्टराईलाई सम्मान गरिएको छ।
कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउने उदेश्यका साथ योजनाबद्ध तरिकाले काम गरिरहेको बताउनुभयो। उहाले बुटवलको समग्र विकासका लागि सहयोगी बन्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रशासनिक रुपमा बुटवल उपमहानगरपालिकाले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनका लागि प्रयत्नशील रहेको बताउनुभयो
कार्यक्रममा निर्वाचनका उपबिजेता बाबुराम भट्टराई, पूर्वजनप्रतिनिधिहरु पुनाराम पोखरेल, संघसंस्थाहरुका तर्फबाट हरिप्रसाद अर्याल, रामराज पोखरेल, राजनीतिक दलका प्रतिनिधिहरुलगायतले बोल्दै बुटवलको योजनावद्ध विकासमा जोड दिन सुझाव दिएका थिए।






प्रतिक्रिया राख्नुहोस्