खैरहनीमा एक युवकको शव फेला

चितवन: पूर्वी चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको हो ।

खैरहनी २ निवासी अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको हो । उनको घाटीमा चक्कु प्रहार भएको छ । घाटिमा चक्कु नै रहेको अवस्थामा शव फेला परेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानको लागि फरेन्सिक चिकित्सकसहित , तालिम प्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गर्न लागेको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.