बाह्र वर्षपछि बहुप्रतिक्षित झापाको बिरिङ्ग पुलले पूर्णता पायो

झापा- देशकै सबै भन्दा जेठो हुलाकी सडकमा बर्षौं पछि पुल निर्माण हुँदा दक्षिणी झापामा आवातजावत बृद्धि भएको छ । कहिले पुल बन्छ भन्ने स्थानीयको सपना अब भने पुरा भएको छ । पुल नहुँदा सँधै जोखिम यात्रा गर्नुपर्ने बाध्यता बल्ल समाप्त भएको भन्दै स्थानीय बासिन्दा खुशी बनेका छन् ।

बिरिङ्ग खोलाले झापाको बाह्रदशी र झापा गाउँपालिकालाई छुट्याएको छ । नजिकै रहेका जिल्लाको पुरानो झापा बजार र राजगढ बजारसम्म पुग्न समस्या हुन्थ्यो । पुल बनेपछि यात्रु देखि अहिले विरामीलाई समेत धेरै सुविधा भएको स्थानीय अगुवा मन्जु सुब्बाले बताउनु भयो ।

२०६८ साल जेठ १३ गते लामा मैनाचुली जेभीले १५ करोड ५० लाखमा निर्माणको ठेक्का लिएको विरीङ पुल हालै आएर पूर्णरुपमा निर्माण सकिएको छ । पुल निर्माण र हुलाकी सडकले दक्षिणी झापाको बजारको अवस्था समेत फेरिएको छ ।

झापा र बाह्रदशी गाउँपालिकाबीचमा रहेको विरीङ्ग खोलाको पुल हो यो । १२ बर्ष पछि निर्माण भएको यो पुलले बर्षौंको सास्ती अन्त्य गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.