सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद

सिरहा- सिरहा प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको गोलबजार नगपालिका-१० कमलदह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।

बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीलाई देखेर बन्दुक फाली भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले विशेष सूचनाको आधारमा प्रहरी पुगे पनि उनीहरु बन्दुक फालेर भागेको बताउनुभयो । बन्दुक फालेर भागेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.