राक्सिराङ्गका किसानलाई बोका र गाई

मकवानपुर- मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले कृषकहरुलाई उन्नत जातको बोयर बोका र गाई वितरण गरेको छ । व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत पालिकाले कृषकलाई बोका र गाई वितरण गरेको हो ।

विभिन्न वडाका ११ जना कृषकलाई ११ वटा बोयर बोका वितरण गरिएको हो । यस्तै, पालिकाले दुध डेरीको हब बनाउने उदेश्यले किसानहरुलाई गाई वितरण गरेको छ ।

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ का किसानहरुलाई १० वटा जर्सी गाई वितरण गरिएको हो । गाईपालन अनुदान कार्यक्रम अन्तर्गत किसानहरुलाई गाई वितरण गरिएको पालिकाले जनाएको छ ।

३ नम्बर वडा गाईपालनको लागि उपयुक्त स्थान रहेको बताउँदै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले दुध लगायत दुधजन्य सामग्री बजारीकरणका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । वितरण गरिएको गाईको पूर्ण बिमा रहेको छ ।

अध्यक्ष मल्लले माग अनुसार मौरी, चिउरी, गाई लगायतका विभिन्न कृषिमा निर्भर हुने आयमुलक कार्यमा सहयोग रहने बताउनुभयो। यस्तै, पालिकाले तरकारी खेतीको लागि आवश्यक सामग्री समेत वितरण गरेको छ ।

तरकारी खेती प्रबर्द्धन कार्यक्रम अन्तर्गत राक्सिराङ्ग गाउँपालिका ५ नम्बर वडाको मिलिजुली कृषक समुहलाई टनेल प्लास्टिक, थोपा सिचाई, ग्रीन नेट, मल्चिङ्ग प्लाष्टिक, स्प्रे पम्प लगायतका समाग्री वितरण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.