पोखरामा गुञ्जिए १२ मातृभाषाका रचना

कास्की- अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा पोखरामा हिजो एक कार्यक्रमका बीच १२ मातृभाषामा रचना गुञ्जिएका छन् ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको गण्डकी प्रदेश स्तरीय बहुभाषिक काव्य गोष्ठीका बीच सष्ट्राहरुले आ आफ्नो मातृभाषामा रचना वाचन गर्नुहुँदै यस्तो भाषा जनसाधारणले बोल्ने उल्लेख गर्नुभयो ।

उहाँहरुले मातृभाषाको स्वाभाविकतालाई सुरक्षित राख्न सबैले आ-आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने जनाउनु हुँदै भाषाले नै संस्कृति निर्माणमा सहयोग पुर्‍याउने स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा संस्कृत, नेपाली, गुरुङ, छन्त्याल, हिन्दी, मगर, नेवार, उर्दु, भोजपुरी, अङग्रेजी, तामाङ भाषामा रचना वाचन भए ।

गोष्ठीको उद्घाटन गर्नुहुँदै भाषा आयोगका सदस्य डा।पुष्करराज भट्टले समाज भाषा विज्ञानको वैज्ञानिक अध्ययनको पक्षमा आयोग रहेको बताउनु हुँदै राज्यको बहुभाषि नीतिलाई त्यसले अङगिकार गर्ने धारणा राख्नुभयो । वाइट छ ।

कार्यक्रमकामा सह प्राध्यापक डा।यमनाथ तिमिल्सीनाले नेपाली भाषाको ऐतिहासिक सन्दर्भ तथा गण्डकी प्रदेशका भाषाहरुको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यपत्रमार्फत उहाँले गण्डकी प्रदेशमा भारोपेली लगायत चार भाषा परिवारका वक्ताहरु रहेको स्पष्ट पार्नुहुँदै त्यहाँ नेपाली भाषाका अतिरिक्त गुरुङ तथा मगरलाई प्रशासनिक कामकाजको भाषा बनाउन सकिने औँल्याउनुभयो ।

आयोजक संस्थाका पूर्व सचिव डा. टीकाराम आचार्यको पूर्नसिर्जना नामक कृर्ति लोकापर्ण भयो भने हालै विद्यावारिधी गर्नुभएका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.