कमसल धितोमा २ अर्ब बढी ऋण दिएको देखियो-सीआईबी

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुल्सी गौतम, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले लगायत कर्मचारीको मिलोमतोमा देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंलाई कमसल धितोमा २ खर्ब बढी ऋण दिएको अनुसन्धानले देखाएको बताएको छ।
बैंकका कर्मचारीहरुसँगको मिलोमतोमा सहकारी संचालन चौलागाईले विभिन्न कम्पनी खडा गरेर २ अर्ब ११ करोड भन्दा बढी ऋण लिएको देखिएको सिआईबीका प्रबक्ता होविन्द्र बोगटीले बताउनु भयो ।
यसै प्रकरणमा सिआईबीले तत्कालीन सेन्चुरी बैंकका कार्यकारी अधिकृत सहित १० जना कर्मचारीलाई पक्राउ गरी ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । उत्त बैंक प्रभु बैंकमा मर्ज भएको छ । भिडियो






प्रतिक्रिया राख्नुहोस्