बुंकोट आधारभूत स्वास्थ्यकेन्द्रलाई रोटरीको सहयोग

गोरखा- रोटरी क्लव अफ काठमाडौँ नर्थले गोरखाको बुंकोट आधारभूत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

रोटरी क्लव अफ गोरखाको समन्वयमा सहिद लखन गाउँपालिका-८ मा रहेको बुंकोट आधारभूत स्वास्थ्य केन्द्रलाई २५० थान डाक्टर म्याक्स सर्जिकल ग्लोब्स, २५० थान सर्जिकल ग्लोब्स, डिजिटल थर्मोमिटर पाँच थान, फिंगलटिप्स प्लस अक्सिमिटर तीन थान, ब्लड प्रेसर नाप्ने यन्त्र दुई थान, तौल गर्ने उपकरण एकथान, टु इन वान वेट मेसिन एकथान र एकथान ल्यापटप प्राप्त भएको वडा अध्यक्ष बासुदेव ढकालले जानकारी दिनुभयो ।

सहायता सामाग्री हस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ गोरखाका अध्यक्ष ज्ञानहरि अर्याल, पूर्व अध्यक्ष पवनरमण खनाल, रोटरी क्लव अफ काठमाडौँ नर्थका अध्यक्ष सुवास घिमिरे, नेपाल टेलिभिजनका निर्देशक राजकुमार थापा, सहिदलखन गाउँपालिका-८ का पूर्व वडाअध्यक्ष काशिनाथ अम्गाई र समाजसेवी शंकर खड्का लगायतले सहयोगको मात्रा भन्दा पनि सहयोगी भावनाले समाजमा अरुलाई पनि सहयोग गर्न उत्प्ररित गर्ने उल्लेख गर्नुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.