रास्वपाबाट ४ जना मन्त्री: उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषदमा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ ।

रास्वपाको आज बसेको बैठकले सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसैगरी, उपसभापति डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.