सरकारमा सहभागी हुन सत्ता गठबन्धन बाहिरका दलहरुलाई एमालेको आग्रह

काठमाडौँ- नयाँ सत्ता समीकरणको प्रमुख घटक  नेकपा एमालेले गठबन्धन बाहिर रहेका दलहरुलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

पार्टी मुख्यलय च्यासलमा आज बसेको सचिवालय बैठकले नयाँ गठबन्धले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित, विकास र समृद्धि सहयोग पुर्याउने निश्कर्ष निकाल्दै गठबन्धन बाहिर रहेका दलहरुलाइ पनि सरकारमा आउन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई  सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

‘जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउन एमाले योगदान गर्नुपर्दछ भन्ने निष्कर्ष निकालेका छौँ’ । पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको छ । यसमा अन्य दललाई पनि साथ समर्थनका लागि सचिवालय बैठकले आह्वान गरेको छ ।’ महासचिव पोखरेलले भन्नु भयो ।

महसचिव पोखरेलले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी  बनाउनुपर्ने पार्टीको मान्यता रहेको बताउनु भयो ।

यस्तै बैठकले पार्टी स्थापनाको ७५ औँ वर्षगाँठको दिन वैशाख १० गते विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते विशेष कार्यक्रम गर्ने निर्णय भएको पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.