चिसापानीस्थित कर्णाली पुलमा आगलागी

टीकापुर- लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना. ५ ख ५२९७ नम्बरको मालवहाक ट्रकमा अचानक लागेको आगो कर्णाली पुलमा सल्किएको हो ।

चल्दै गरेको ट्रकबाट सल्किएको आगो पुलका डोरीहरूमा सल्किएको रेडक्रसकर्मी मार्कण्डे उपाध्यायले जानकारी दिनुभएको छ ।

पर्यटकीय क्षेत्र चिसापानीमा आएकाहरुका आकर्षणको केन्द्र बनेको पुलमा अचानक आगलागी भएपछि आगो निभाउने प्रयास थालिएको छ । आगो नियन्त्रणका लागि स्थानीयवासी, सुरक्षाकर्मी र लम्कीचुहा नगरपालिकाले प्रयास गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.