प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार छलफलमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, प्रधानमन्त्रीले फागुन ३० गते प्रतिनिधि सभाबाट लिने तयारी गर्नुभएको विश्वासको मतको विषय र सरकारको न्यूनतम साझा कार्यक्रम लगायत विषयमा छलफल भएको छ ।

राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन बुधबार ३० गते प्रधानमन्त्रीलाई विश्वासको मत लिने विषय, सरकारको न्यूनतम साझा कार्यक्रम लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ । त्यसका लागि सरकारमा सहभागी पाँच दलका दुई दुई जना नेता सम्मिलित कार्यदल गठन भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.