सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री
गण्डकी-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताउनुभएको छ । कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाउनुभयो ।
“सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँचवटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्नेगरी नयाँ मोडलको खोजी भइरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “अनुदान दयही वर्षदेखि बढ्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु । उहाँले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खÞुसी व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको अवस्थाबारे जानकारी लिनुभएको थियो । विभिन्न कार्यक्रममा सहभागी हुन आज पोखरा आउनुभएका उहाँ बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा पनि सरिक हुनुभयो । उहाँले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्