महरालाई हिरासतमै राखेर अनुसन्धान गर्ने अनुमति लिन अदालत लगियो

काठमाडौँ- प्रहरीले सुन तस्करी प्रकरणमा प्रकाउ पर्नु भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालत लगेको छ ।

प्रहरीले महरलाई हिरासतमै राखेर अनुसन्धानका लागि अदालतको अनुमति लिन जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।

सुन तस्करी प्रकरणमा छानविन आयोगले महरालाई दोषी ठहर गरेपछि प्रहरीले महरालाई आज विहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो ।

महराका छोरा राहुल महरा यसअघि नै भेप प्रकरणमा अहिले पनि थुनामा नै छन ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणका दोषीहरुलाई कारवाही गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

त्यसो त सुन तस्करी प्रकरणमा छानविन आयोगले थप अनुसन्धान गर्नुपर्ने समेत राय दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूरक अनुसन्धानको लागि प्रकृया अघि बढाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.