उपनिर्वाचन: प्रतिनिधिसभा तर्फ २० र प्रदेशमा १९ दल दर्ता

काठमाडौँ – आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा तर्फ २० र प्रदेशमा १९ दलले दल दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता भएका छन् ।  निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।

राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनका लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.