केजरीवालको गिरफ्तारी प्रजातन्त्रमाथिको प्रहार: भारतीय विपक्षी दल
भारतको नयाँदिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई पक्राउ गरिएकोप्रति भारतका विपक्षी दलहरुले कडा आलोचना गरेका छन् ।
मदिरा नीति मुद्दा सम्बन्धमा सोधपुछका उहाँलाई पक्राउ गरिएको समाचार छ । अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय, इडीले गिरफ्तार गरेको स्रोतहरूले बताएका छन् ।
तर केजरीवालले भने आफूले कुनै गलत काम नगरेको र आफ्नो गल्ती साबीत गर्न चुनौती दिनुभएको छ। विपक्षी दलहरुले उहाँको गिरफ्तारी राजनीतिक अभिप्रायले प्रभावित भएको बताएका छन्।
तर सत्तारुढ दल बिजेपीले भने यो विशुद्द भ्रष्टाचारविरुद्दको कदम भएको जनाएका छन्।
प्रतिक्रिया राख्नुहोस्