युनेस्को अवार्डका लागि आवेदन आह्वान

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले युनेस्को पेरिसबाट सन् २०२४ का लागि दिइने ‘युनेस्को प्राइज फर गल्र्स एण्ड वुमन’ मा आवेदन दिन आह्वान गरेको छ ।
नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भएको उक्त पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (करिब रु ६६ लाख) रहेको छ । नेपालमा महिला र बालबालिकाको शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्ति वा संस्थाले तोकिएको मापदण्डको आधारमा रही पुरस्कारका लागि आगामी वैशाख ३ गतेसम्म आवेदन दिन सकिने सचिवालयले जनाएको छ ।
आवेदनमाथि आयोगको सचिवालयले छनोट गरी सिफारिस हुने र युनेस्कोको विश्वस्तरका निर्णायक समूहबाट अन्तिम छनोट हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.