राज्य ब्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री उपस्थित हुने

काठमाडौँ- प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयका काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री सहित गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकारीहरुलाई बोलाएको छ ।

समितिको बुधबार बिहान ११ बजे बैठकमा गृहमन्त्री लामिछाने सहित गृह सचिव र नेपाल प्रहरीका प्रमुखलाई बोलाएको हो ।

”गृहमन्त्रालय सँग सम्बन्धित समसामयीक विषयहरुमा छलफल गर्न समितिले उहाँहरुलाई बोलाएको हो । गृहमन्त्री समितिको पदेन सदस्य भएकाले उहाँ पनि बैठकमा उपस्थित हुनुहुन्छु” समिति सभापति रामहरी खतिवडाले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्रालयका नियमित काम कारवाही साथै यस बीचमा मन्त्रालयले विभिन्न समुहसँग गरेको सहमति कार्यान्वनको प्रगति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

उपप्रधान एवम गृहमन्त्री लामिछाने यसअघि यसै समितिको सदस्य रहनु भएको थियो । उहाँ उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीमा गइसके पछि गृहमन्त्री स्वत पदेन सदस्य रहने ब्यवस्था छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.