नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

वासिङटन/एएफपी : नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उहाँलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

उहाँले लेख्नु भएको पुस्तक “थिन्किङ, फास्ट एन्ड स्लो” ले सर्वाधिक बिक्रीको रेकर्ड पनि बनाएको थियो । उक्त पुस्तकमा उहाँले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताउनु भएको थियो ।

इजरायली–अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहनु भएको थियो ।

सन् २००२ मा कान्हेम्यानलाई मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.