कर्णालीमा चलचित्र पर्यटनको प्रचुर सम्भावना

सुर्खेत- कर्णालीमा चलचित्रको पर्यटनका लागि प्रचुर सम्भावना रहेको विज्ञहरुले बताएका छन् । चलचित्र विकास बोर्डले सुर्खेत वीरेन्द्रनगरमा कर्णालीका युवायुवतीहरुका लागि बिहिबारदेखि शुरु गरेको पाँच दिने चलचित्र सम्पादन कार्यशालाको उद्घाटन कार्यक्रमका सहभागिहरुले चलचित्रका माध्यमबाट कर्णालीको कला र संस्कृतिलाई विश्वव्यापीकरण गर्न सकिने बताउनु भएको हो ।

चर्चित डकुमेन्ट्रेरी मेकर राजेश गोंगजुले कर्णाली चलचित्रसँगै साँस्कृतिक, धार्मिक पर्यटन, कृषि, पर्यटन र प्राकृतिक मानोरञ्जनका दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण क्षेत्र भएको बताउनु भयो ।

उहाँले कथाका लागि समेत कर्णाली ‘भर्जिन ल्याण्ड’ का रुपमा अथाह सम्भावना बोकेको क्षेत्र भएको जानकारी दिनु भयो ।

उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरी, साहित्यकार तथा कलाकर्मी डा. महेन्द्रकुमार मल्ल, नृत्य निर्देशक कुलमान नेपाली, रंगकर्मी यामलाल आचार्य तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले कर्णालीमा धेरै सम्भावनहरु भएपनि नागरिक ‘बिनाको खोजीमा भौंतारिरहेको कस्तुरीझैं रुमल्लिरहेको’ अवस्था हुन विम्डना भएको बताउनु भयो ।

उहाँहरुले चलचित्र मात्र नभई कलाकारिता क्षेत्रलाई सरकारले उपेक्षा गरेकाले गरेको सोचे जस्तो प्रगति हुन नसकेको धारणा व्यक्त गर्नु भयो । चलचित्रमा सम्भावना खोज्नु अघि कर्णालीमा सिनेका संस्कृतिको विकास गराउन आवश्यक रहेको उहाँहरुको भनाइ थियो ।

पाँच दिनसम्म चल्ने चलचित्र सम्पादन कार्यशालामा कर्णालीका २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.