त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

चितवन- काठमाण्डौंबाट गोरखा हिँडेको ट्याक्सी त्रिशुलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेको परिचय खुल्न सकेको छैन । आज बिहान ७ः१५ बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक दुर्घटना भएको हो ।

गोरखा जान आईरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खसेको हो । ट्याक्सीमा के कति सवार थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.